१० दलीय गठबन्धनमा उपराष्ट्रपतिबारे सहमति भएन

 चैत १, २०७९ बुधबार १९:३५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – १० दलीय गठबन्धनको बैठक विना निष्कर्ष टुङ्गिएको छ । बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनकाे बैठक निष्कर्षविहीन टुङ्गिएको हो ।

बैठकमा उपराष्ट्रपति चुनावकाे बारेमा छलफल भएको नेकपा (माओवादी केन्द्र) का नेता शक्ति बस्नेतले जानकारी दिनुभयाे । उहाँले १० दलका बीचमा सकारात्मकरूपमा बैठक सकिएको र बिहीवार बसेर थप निर्णय गर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘उपराष्ट्रपति चुनावका लागि १० दलको बीचमा समझदारी कायम गर्नेबारेमा छलफल भएको थियो । छलफल सकारात्मक भएको छ । भोलि यो विषयमा बसेर एउटा निर्णय हुनेछ । आवश्यकताअनुसार बैठक बस्नेछ ।’

नेता बस्नेतले सरकार विस्तारलगायतका विषयमा पनि बैठकमा छलफल सुरु भएको बताउनुभयो ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत १० दलभित्रबाटै उपराष्ट्रपतिका लागि तीन जना उम्मेदवार छन् । 

बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र आमजनता पार्टीका अध्यक्ष प्रभु शाहलगायत हुनुहुन्थ्याे । 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया