बाग्मती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ गते विश्वासकाे मत लिने

 चैत २, २०७९ बिहीबार १३:०:४० | रासस
unn.prixa.net

फाइल तस्बिर

मकवानपुर - बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ गते विश्वासको मत लिनुहुने भएको छ । प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ गते विश्वासकाे मत लिनुहुने बताउनु भएकाे हाे । 

प्रदेश सभा सचिवालयले चैत ८ गते दिउँसो ३ बजेका लागि बैठक बोलाएको उहाँले बताउनु भयाे । 

केही हप्ताअघि राप्रपाले सरकारमा सहभागी आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्यसपछि वर्तमान सरकार अल्पमतमा परेको थियो । 

गएकाे पुस २६ मा बाग्मती प्रदेशकाे मन्त्रिपरिषद् गठन हुँदा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो । बाग्मती प्रदश सरकारको वर्तमान मन्त्रिपरिषदमा माओवादी केन्द्र र एमालेका मात्रै मन्त्री छन् । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया