गठबन्धनको सर्वसम्मत उम्मेदवार मै हो : रामसहायप्रसाद यादव

 चैत ३, २०७९ शुक्रबार १०:४९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले उपराष्ट्रपतिमा आफू विजयी भएपछि संविधानको रक्षा र  राष्ट्रिय एकताको प्रवर्द्धनमा जोड दिने बताउनुभएको छ । 

शुक्रवार उपराष्ट्रपतिका लागि मतदान गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानको पालना गर्नेकुरालाई आफूले पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो । उहाँले नेपाललाई समतामूलक समृद्ध देशको रुपमा विकसित गर्न आफ्नो भूमिका रहने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार म नै हो । म राष्ट्रिय एकताको प्रवर्द्धन, संविधानको रक्षा गर्नेछु । संविधानको पालना गर्ने कुरामा मेरो प्राथमिकता हुनेछ । नेपाललाई समतामूलक समृद्ध देशको रुपमा विकसित गर्न मेरो भूमिका रहनेछ । म इमानदारितापूर्वक नागरिकको पक्षमा काम गर्नेछु।’

उपराष्ट्रपति पदका उम्मेदवार यादवले आफू नै सत्ता गठबन्धनको सर्वसम्मत उम्मेदवार भएको दाबी गर्नुभयो । १० दलीय गठबन्धनबाट जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपति पदमा उम्मेदवार हुनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया