उपराष्ट्रपति चुनावमा किरियापुत्रीद्वारा मतदान

 चैत ३, २०७९ शुक्रबार ११:५३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - उपराष्ट्रपति पदका लागि आज भइरहेकाे चुनावमा किरियापुत्रीले मतदान गरेका छन् । 

गण्डकी प्रदेशको कास्की  निर्वाचन क्षेत्र नं ३ ९२० का प्रदेश सभा सदस्य प्रकाश बरालले मतदान गर्नुभएको हो ।

पिता लोकराजको निधनमा किरिया बारिरहनुभएका बरालले आज बिहान पोखराबाट हवाई जहाजमा यहाँ आएर मतदान गर्नुभएको हो । उहाँ आजै दिउँसो पोखरा फर्कँदै हुनुहुन्छ । 

 उहाँले भन्नुभयो, 'संविधानले दिएको जिम्मेवारी र आफ्नो कर्तव्य पूरा गर्ने सन्दर्भमा उपराष्ट्रपति चुनावमा मतदानका लागि यहाँ आएर मतदान गरेको हुँ ।'

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया