१० दलले संविधानको मर्ममाथि प्रहार गरे : अष्टलक्ष्मी शाक्य

 चैत ३, २०७९ शुक्रबार १२:७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - उपराष्ट्रपति पदका उम्मेदवार अष्टलक्ष्मी शाक्यले पुरुष राष्ट्रपति बनाइसकेपछि उपराष्ट्रपतिमा महिला नउठाएर संविधानको गलत ट्रेन बसालिएको बताउनुभएको छ । 

शुक्रवार आज उपराष्ट्रपतिको निर्वाचन स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आवश्यकताकाे कारण आफू उपराष्ट्रपतिमा उठेको बताउनु भयो ।

उहाँले उपराष्ट्रपति पदमा बसेर राजनीतिक हिसाबबाट काम गर्न नसके पनि सामाजिक रुपान्तरण लगायतका क्षेत्रमा काम गर्न  सकिने बताउनु भयो । उहाँले आफू उपराष्ट्रपतिमा जित्ने ढुक्क रहेको बताउनु भयो । उम्मेदवार शाक्यले अहिले संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने संविधानको मर्मलाई मारेर संविधानको भावनाअनुरुप गलत ट्रेन बसाएको आरोप लगाउनु भयो । 

उहाँले भन्नुभयो, ‘यो मेरो चाहनाको विषयभन्दा पनि आवश्यकताको विषय हो । पार्टीले पनि त्यो आवश्यकता महसुस गर्‍यो, स्थितिले पनि महसुस गरायो । यो अधिकार सम्पन्न पद होइन तर यो गरिमामय पद हो । त्यहाँ बसेर राजनीतिक हिसाबले अधिकार नभए पनि सामाजिक रुपान्तरण लगायतका क्षेत्रमा काम गर्न सकिन्छ । म जित्नेमा ढुक्क छु । १० दल एकातिर बसे पनि अहिले संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने, संविधानको अपव्याख्या गरेर संविधानको भावनाअनुरुप गलत ट्रेन बसाइएको छ, यो एकदमै गलत भयो।’

उम्मेदवार शाक्यले उपराष्ट्रपतिमा आफू विजयी हुने दाबी गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया