उपराष्ट्रपति चुनावको मतदान सकियो, आजै बेलुकी नतिजा आउने

 चैत ३, २०७९ शुक्रबार १५:२१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – उपराष्ट्रपति चुनावको मतदान सम्पन्न भएको छ । मतदानमा प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका तीन सय ११ र प्रदेश सभातर्फ पाँच सय १८ जना गरी आठ सय २९ मत खसेको छ ।

सङ्घीय संसद्तर्फका तीन सय ३२ र प्रदेश सभाका पाँच सय ५० सांसद मतदाता रहेका थिए । राप्रपाका १४ र नेपाल मजदुर किसान पार्टीका एक सांसद मतदानमा सहभागी भएनन् । त्यसैगरी राष्ट्रपति रामचन्द्र पौडेल, एमालेका लक्ष्मी महतो, कांग्रेसका चन्द्र भण्डारी, माओवादी केन्द्रका वर्षमान पुन अनुपस्थित रहनुभयो । जसपाका सांसद सहनाज रहमानको मृत्यु भएको छ ।

सङ्घीय संसद् भवनको ल्होत्से हलमा शुक्रवार बिहान १० बजेदेखि दिउँसो ३ सम्मका लागि मतदानको समय तोकिएको थियो । अहिले केहीबेरमा मतगणना सुरु हुने र आजै बेलुका नतिजा आउने निर्वाचन कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया