प्रधानमन्त्रीले विश्वासको मत लिने र मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धनको तयारी

 चैत ४, २०७९ शनिबार ८:३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव सकिएपछि सत्ता गठबन्धनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिने र मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सि सोमवार विश्वासको मत लिने तयारी यसअघि नै गरिसक्नुभएको छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता गठबन्धनको तयारी छ । एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संवैधानिक प्रावधान अनुसार पर्सि विश्वासको मत लिन लाग्नुभएको हो । उहाँले पुस १० गते एमालेसहितको सात दल र ३ स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएर पुस २६ मा विश्वासको मत लिनुभएको थियो । त्यतिबेला उहाँलाई संसदमा प्रतिनिधित्व गर्ने १२ दलमध्ये १० दलका २ सय ६८ सांसदले विश्वासको मत दिएका थिए । तर राष्ट्रपति चुनावमा प्रचण्डले कांग्रेससहितको गठबन्धन बनाएपछि राप्रपाले फागुन १३ गते र एमालेले फागुन १५ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

समर्थन गरेका दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । एमाले, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीले छाडेका मन्त्रालयहरू समेत अहिले प्रधानमन्त्री प्रचण्डसँगै छ । अब मन्त्रिपरिषद् विस्तार हुँदा कांग्रेस, एकीकृत समाजवादी लगायत नयाँ गठबन्धनमा रहेका दलहरुलाई सहभागी गराउने तयारी छ । 

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया