व्यवसायमैत्री कानुन निर्माणका लागि सधैं तयार छु : सभामुख घिमिरे

 चैत ४, २०७९ शनिबार १४:२२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले व्यवसायमैत्री कानुन निर्माणका लागि आफू सधैं तयार रहेको बताउनु भएको छ । 

उहाँले उद्योग व्यवसायमैत्री कानुन निर्माण गर्नका लागि राजनीतिक दलहरु र सांसदहरुसँग सहजीकरण गर्न पनि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । शनिबार ललितपुर उद्योग वाणिज्य संघले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले देशभित्रै उत्पादन वृद्धि गर्ने, रोजगारी सृजना गर्ने, नेपालमा हुने आयात प्रतिस्थापन गरी निर्यात बढाउनका लागि कानुनको अभाव हुन नदिन आफू सचेत रहेको बताउनु भयो ।

व्यापार गरी नाफा कमाउनु व्यवसायीहरुको धर्म भए पनि सामाजिक उत्तरदायित्व बहन गरी देशको दिगो विकासमा अझै बढी योगदान पुर्‍याउन पनि उहाँले व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

‘व्यापार गरी नाफा कमाउनु व्यवसायीको धर्म हो । तर, नाफासँगै संस्थाका सामाजिक उत्तरदायित्व बहन गर्न, सामाजिक वातावरण र दीगो विकासका लागि भूमिका तपाईंहरुले खेलिरहनु भएको छ । त्यो भूमिकालाई अझ अगाडि लैजानुपर्ने कुरालाई फेरी म स्मरण गराउन चाहन्छु' उहाँले भन्नुभयाे, 'देशभित्र नै उत्पादनमा वृद्धि गर्ने, रोजगारी सृजना गर्ने, राष्ट्रिय आयमा वृद्धि गर्ने र नेपालमा हुने आयातलाई प्रतिस्थापन गरी निर्यातलाई वृद्धि गर्नका लागि तपाईंं उद्योगी, व्यवसायीहरुको योगदान महत्वपूर्ण छ । त्यसका लागि कानुनको अभाव रहेको भए वा व्यवसायमैत्री कानुनहरु बनाउनु पर्दा तपाईंहरुको सुझाव लिन निर्धक्क म सभामुखलाई भन्न सक्नु हुनेछ । त्यसका लागि म जहिले पनि तयार रहनेछु ।’

सभामुख घिमिरेले देशको अर्थतन्त्रलाई सही बाटोमा अघि बढाउनका लागि सम्बन्धित सबै पक्षले सामूहिक प्रयास गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । उहाँले देशको अर्थतन्त्रलाई खल्बल्याउने खालका कुनै पनि गतिविधि हुन नहुने बताउनु भयो ।

 

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया