स्ववियु नेतृत्वका लागि मतदान चल्दै : क्याम्पसहरुमा सुरक्षा व्यवस्था कडा (तस्बिरसहित)

 चैत ५, २०७९ आइतबार १०:५६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

पूर्वी नवलपरासीको कावासोतीमा रहेको कुमारवर्ती बहुमुखी क्याम्पसको चुनावमा मतदान गर्दै विद्यार्थी ।

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वका लागि मतदान चलिरहेको छ । बिहान ८ बजेदेखि नै काठमाण्डौ उपत्यकासहित देशका विभिन्न क्याम्पसमा मतदान सुरु भएको हो ।

रत्नराज्य क्याम्पस (आरआर क्याम्पस)सहितका केही क्याम्पसमा भने आन्तरिक विवादका कारण मतदान हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, थापाथली क्याम्पस, शंकरदेव क्याम्पस, ल क्याम्पस, विश्वभाषा क्याम्पस, वाल्मीकि क्याम्पसमा मतदान भैरहेको छ । मतदान दिउँसो ४ बजेसम्म रहनेछ ।

स्ववियु चुनाव भइरहेका क्याम्पसमा सुरक्षा व्यवस्था कडा पारिएको छ । चुनावमा विभिन्न विद्यार्थी सङ्गठनबीच प्रतिस्पर्धा हुँदैछ । 


कपिलवस्तुको शिवराजमा रहेको समयथान बहुमुखी क्यापसमा भइरहेको स्ववियु चुनावमा मतदान गर्दै विद्यार्थी ।

शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पामा भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा मतदान गर्न लामबद्ध मतदाता ।​

नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)चुनावमा मतदान गर्दै विद्यार्थी । यहाँ चार प्यानलबीच प्रतिस्पर्धा रहेको छ भने मतदाता विद्यार्थीको सङ्ख्या एक हजार एक सय ४३ जना रहेकाे छ। ​

काठमाण्डौको क्षेत्रपाटी धोबीचौरमा रहेकाे पब्लिक युथ क्याम्पसमा स्वतन्त्र विधार्थी युनियनकाे चुनावमा मतदान गर्नका लागि लामबद्ध विधार्थी ।

जनकपुरधामको राम स्वरुप रामसागर बहुमुखी क्याम्पसमा स्वतन्त्र विधार्थी युनियन (स्ववियु) को चुनावका लागि क्याम्पस परिसरबाहिर विद्यार्थीको घुइँचो । ​

जुम्ला बहुमुखी क्याम्पस जुम्लामा स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु) को चुनावका लागि क्याम्पसमा चहलपहल । पहिला सुनसान हुने क्याम्पसमा अहिले स्ववियु चुनावले विद्यार्थी नेतादेखि विद्यार्थीमा चासो बढेको छ । आठवटा विद्यार्थी सङ्गठनले चुनावमा भाग लिएको जुम्ला बहुमुखी क्याम्पसले जनाएको छ । ​

सबै तस्बिर : रासस

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया