‘सिनेमा साइबर सेक्युरिटी’को डेस्क सञ्चालन गर्ने तयारीमा बोर्ड
चैत १५, २०७९ बुधबार
काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
आइतवार बिहान बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री प्रचण्डलाई यसअघि दिएको विश्वासको मतलाई निरन्तरता दिने निर्णय गरेको सांसद सोबिता गौतमले जानकारी दिनुभयो । अहिलेको सरकारले उठाएका जनजीविकाका मुद्दाका आधारमा समर्थनलाई कायमै राख्ने निर्णय भएको उहाँले बताउनुभयो ।
रास्वपाले तत्कालै सरकारमा जाने विषयमा भने कुनै पनि निर्णय गरेको छैन । सरकारमा सहभागिताको विषयमा पछि छलफल गरेर निर्णय लिइने गौतमले बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले भोलि साेमवार संसदबाट विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मतका लागि १ सय ३८ मत चाहिनेमा कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका दलले मत दिने घोषणा गरिसकेकाले प्रचण्डले सजिलै विश्वासको मत पाउने देखिएको छ ।