आवश्यक न्यायाधीश नहुँदा सेवाग्राहीलाई समयमै न्याय दिन सकेनाैँ...
चैत १४, २०७९ मंगलबार
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) ले पार्टीका नेता घनश्याम भुसाललाई महासचिवमा मनोनीत गरेको छ । आइतवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको पदाधिकारी बैठकले यस्ताे निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीको महासचिव पदमा घनश्याम भुसाललाई चयन गरिएको र महासचिव वेदुराम भुसाललाई आजदेखि लागू हुने गरी उपाध्यक्षमा मनोनीत गरिएको बताउनु भयो । उहाँले बैठकले चार जना उपाध्यक्ष घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरेको पनि बताउनुभयो ।
उपमहासचिव खतिवडाले केन्द्रीय सचिवालय सदस्यको सङ्ख्या १९ जना पुर्याइएकाे बताउनुभयो । उहाँले पार्टीले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको र आजदेखि सत्तापक्षको कुर्सीमा बस्ने निर्णय गरेको पनि बताउनुभयो । उहाँले सरकारमा जाने वा नजाने भन्नेबारेमा टुङ्गो भई नसकेको स्पष्ट पार्नुभयो ।