प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेस सत्तापक्ष र नेकपा एमाले प्रतिपक्षको बेञ्चमा

 चैत ५, २०७९ आइतबार १४:०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेस सत्तापक्ष र नेकपा एमाले प्रतिपक्षको बेञ्चमा बसेका छन् । यसअघि पुस १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि एमाले सत्तापक्ष र कांग्रेस प्रतिपक्षमा बस्दै आएकोमा सत्ता गठबन्धन फेरिएसँगै आजदेखि बेञ्च पनि फेरिएको हो ।

नेकपा एमाले र राप्रपाले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलोपटक आज बसेको प्रतिनिधि सभा बैठकमा एमाले र राप्रपा दुवै दल प्रतिपक्षको बेञ्चमा बसेका छन् । प्रतिनिधि सभामा प्रतिपक्षीको आसन सभामुखको बायाँतर्फ र सत्तापक्षको दायाँतर्फ रहन्छ ।

नेपाली कांग्रेस र एकीकृत समाजवादी सत्तापक्षको बेन्चमा बसेका छन् । यी दुवै दलले यसअघि प्रधानमन्त्री प्रचण्डलाई विश्वासकाे मत दिएको भए पनि सरकारमा सहभागी नभएको भन्दै प्रतिपक्षको बेञ्चमा बस्दै आएका थिए । दुवै दलले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेका छन् । प्रधानमन्त्री प्रचण्डले भोलि प्रतिनिधि सभामा विश्वास मत लिँदै हुनुहुन्छ । 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया