मानिसको मस्तिष्क र सृजनासँग प्रतिस्पर्धामा छ 'च्याट जीपीटी'
चैत १५, २०७९ बुधबार
काठमाण्डाै – प्रतिनिधि सभाको आज आइतवारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनेबारेमा जानकारी गराइएको छ ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेबारेमा सांसदहरूलाई जानकारी गराउनुभएको हो । प्रधानमन्त्रीले भाेलि (सोमवार) विश्वासको मत लिँदै हुनु हुन्छ । प्रतिनिधि सभाको अर्को बैठक चैत ६ गते सोमवार दिउँसाे १ बजे बस्नेछ ।
विश्वासको मतका लागि १ सय ३८ मत चाहिनेमा कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका दलले मत दिने घोषणा गरिसकेकाले प्रचण्डले सजिलै विश्वासको मत पाउने देखिएको छ ।