सबै सांसदकाे विश्वासकाे मत पाउने आशा छ : प्रधानमन्त्री प्रचण्ड

 चैत ५, २०७९ आइतबार १५:५६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले साेमवारको प्रतिनिधि सभा बैठकबाट सबै सांसदकाे विश्वासको मत पाउने आशा राखेको बताउनुभएको छ ।

आज आइतवारको प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सोमवार (भोलि) शय प्रतिशत सांसदको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताउनुभएको हो । उहाँले पहिला ९९ दशमलव २५ प्रतिशत सांसदको विश्वासको मत पाएको उल्लेख गर्दै सोमवार शय प्रतिशत पुग्ने आशा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मैले त आशाको कुरा गर्दा त पहिला विश्वासको मत लिँदा ९९ दशमलव २५ थियो । भोलि सय नै हुन्छ भन्ने आशा छ ।’ 

प्रधानमन्त्रीले सोमवारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । उहाँलाई अहिलेसम्म नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन् ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया