गाजामा ३ घण्टा ढिलो गरी युद्धविराम शुरू
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - स्ववियु चुनावको क्रममा झडप भएपछि बाजुराको बुढीनन्दा नगरपालिका–१ र २ मा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।
सत्तारुढ गठबन्धन निकट विद्यार्थी सङ्गठन र एमाले निकट अनेरास्ववियुका विद्यार्थीबीच बुढीनन्दा क्याम्पसको स्ववियु चुनावको मतदानका क्रममा झडप भएपछि सम्भावित घटनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले हिजो बेलुकी ७ बजेदेखि अहिले बिहान ७ बजेसम्मका लागि कर्फ्यु लगाएको हो ।
बुढीनन्दाको कोल्टीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । झडप साम्य पार्न प्रहरीले हिजो दिउँसो २७ राउन्ड हवाई फायरसहित अश्रुग्यास प्रहार गरेको थियो । झडप भएपछि स्ववियु चुनावको मतदान स्थगित गरिएको छ ।
तस्बिर : धनबहादुर बीसी
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।