न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
काठमाण्डाै - धनगढीमा आउँदो १० गतेदेखि विश्व नेपाली नारी साहित्य सम्मेलन हुनेभएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा १० गतेदेखि १३ गतेसम्म सम्मेलन हुने भएको हो ।
विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भुटान, म्यानमारलगायतका देशबाट गरी दुई सयभन्दा बढी नारी साहित्य स्रष्टाहरूको सहभागिता रहने साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले जानकारी दिनुभयो ।
समारोहमा विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरेलाई एक लाख ११ हजार राशिको बद्रि–कृष्णा वाङ्मय पुरस्कारद्वारा सम्मान गरिने छ । सम्मेलनमा हरेक दिन सुदूरपश्चिम प्रदेशका विभिन्न समुदाय र क्षेत्रका मौलिक सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने तयारी छ ।
सम्मेलनका लागि झण्डै ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । साहित्य समाजले यसअघि धनगढीमा २०७६ सालमा विश्व नेपाली साहित्य सम्मेलन र २०७८ सालमा नेपाली साहित्य सम्मेलन आयोजना गरेको थियो ।