ओलीजीले अझै एक पटक प्रधानमन्त्रीकाे ऋण तिर्न बाँकी छ : प्रचण्ड

 चैत ६, २०७९ सोमबार १८:३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई वैशाखसम्म सरकारबाट हटिसक्ने दाबी गरेको बताउनुभएको छ । 

सोमवार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीले वैशाखसम्ममा आफू नेकपा एमालेसँगै राष्ट्रपतिको बायापट्टी लबीमा आइपुग्ने दाबी गरेको उल्लेख गर्दै त्यसको निर्णयको जिम्मा सांसदहरूलाई छोडेको बताउनुभयो । उहाँले ओलीको भनाइलाई पुष्टि गर्ने वा नगर्ने भन्ने निर्णय सांसदहरूमा छोडेको पनि बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘त्यति बेला उहाँले तपाईँ वैशाखभन्दा उता जानुहुन्न भन्नुभएको छ । उहाँले भनेका वैशाखमा राष्ट्रपतिको बायाँपट्टि लबीमा तपाईँ र म एकै ठाउँमा हुन्छौँ भन्नुभएको छ । उहाँको भनाइलाई पुष्टि गर्ने कि नगर्ने भन्ने हामीहरू सबैको हातमा छ ।’

प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीलाई आफूले दुई पटक प्रधानमन्त्री बनाएकाले अझै एक पटक ओलीले आफूलाई प्रधानमन्त्रीमा सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले अझै एक प्रधानमन्त्री बनाएको ऋण तिर्न बाँकी रहेकाले त्यसको हिसाब राख्न ओलीलाई आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘ओलीजीलाई मैले आभार व्यक्त गरेको छु, तपाईँले मलाई प्रधानमन्त्री बनाउनुभयो भनेर । मैले तपाईँलाई दुई पटक प्रधानमन्त्री बनाएको थिएँ, तपाईँले मलाई ब्याज तिर्नुपर्ने थियो, ऋण तिर्नुपर्ने थियो । अझै एक पटक बाँकी छ । हिसाब राख्नुहोला ।’

प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाइदिनुस् भनेर बालकोट नगएको बरु एमालेले बारम्बार बोलाएपछि बालकोट पुगेको स्पष्ट पार्नुभयो । उहाँले एजेन्डा नमिलेका कारण एमालेसँगको सहकार्य टुटाउनुपरेको बताउनुभयो ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया