रवि लामिछानेमाथि राहदानी दुरुपयाेगकाे मुद्दा नचल्ने

 चैत ६, २०७९ सोमबार १९:५७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचल्ने भएको छ ।

महान्यायाधिवक्ता दिनमणि पोखरेलले आज साेमवार लामिछानेमाथि मुद्दा चलाउन आधार र प्रमाण नपुग्ने भन्दै मुद्दा नचलाउने निर्णय गर्नुभएको महान्याधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिनुभयो ।

महान्यायाधिवक्ताको निर्णयसँगै अब सरकारी निकायहरूले लामिछानेमाथि राहदानी दुरुपयोगका विषयमा मुद्दा चलाउन पाउने छैनन् । प्रहरीले प्रमाण नपुग्ने बताएको तथा जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौ र उच्च सरकारी वकिल कार्यालय पाटनबाट पनि मुद्दा नचल्ने निर्णय भएर आएकोले महान्यायाधिवक्ताले पनि मुद्दा नचल्ने निर्णय गर्नुभएको रेग्मीले बताउनुभयो ।

लामिछानेमाथि एकै पटक नेपाली र अमेरिकी राहदानी लिएको र दुवै राहदानी प्रयोग गरेको आरोप लागेको थियो । सर्वोच्च अदालतले यसअघि नै लामिछानेले प्रक्रियागतरूपमा नेपाली नागरिकता नलिएको उल्लेख गर्दै लामिछाने नेपाली नागरिक नभएको फैसला सुनाएको थियो । त्यस फैसलासँगै लामिछानेको सांसद र मन्त्री पद गुमेको थियो । अहिले जिल्ला प्रशासन कार्यालयबाट प्रक्रिया पूरा गरी लामिछानेले नेपाली नागरिकता भने लिइसक्नुभएको छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • pitamber pokhrel

    March 20, 2023, 8:16 p.m.

    Sahi nirnaya.

  •  0 Reply

तपाईको प्रतिक्रिया