पत्रकारबारे दिएकाे अभिव्यक्ति सभामुखद्वारा फिर्ता

 चैत ६, २०७९ सोमबार २०:१५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाल पत्रकार महासङ्घले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पत्रकारबारे दिएको ‘विवादास्पद’ अभिव्यक्ति फिर्ता लिनुभएको जनाएको छ ।

सोमवार दिउँसाे नेपाल पत्रकार महासङ्घका पदाधिकारीहरूलाई सिंहदरबारमा रहेकाे आफ्नै कार्यकक्षमा बोलाई सभामुख घिमिरेले आफूले दिएको अभिव्यक्ति फिर्ता लिएको बताउनुभएको हो ।

गएकाे चैत ३ गते नेपाल पत्रकार महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा सभामुखले ‘पत्रकारहरू बिक्रीमा छन्’ भन्ने अभिव्यक्ति दिएपछि उहाँ विवादमा पर्नुभएको थियो । पत्रकारबारे दिएको आफ्नो अभिव्यक्ति सभामुख घिमिरेले आफूहरुसँगको भेटमा सच्याउनुभएको महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पत्रकारलाई लिएर दुर्घटनावश गरिएको टिप्पणीलाई संसद् सचिवालय, सभामुखको तर्फबाट सच्याइएकाे छ । सभामुखले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति संसद् र आफू पूर्ण प्रतिबद्ध भएको जानकारी गराउनुभएको छ । सभामुखज्यू र नेपाल पत्रकार महासङ्घको बीचमा यही छलफल भयो । यो विषयलाई यही टुङ्ग्याउने निर्णय पनि गरेका छौँ ।’

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया