राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको ...
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – नेकपा एमालेले जनसरोकारको विषय पहिचान गर्न पार्टीका स्थानीय कमिटीहरूलाई निर्देशन दिएको छ । एमालेका उपमहासचिव विष्णु रिमालले जनसरोकारका विषय पहिचान गर्न पार्टीका सबै पालिकास्तरीय कमिटीहरूलाई निर्देशन दिइएको बताउनुभएको हो ।
एमाले उपत्यका विशेष प्रदेश कमिटीले मङ्गलवार पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा आयोजना गरेको 'अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण' कार्यक्रममा बोल्दै उहाँले चैतको २० देखि २५ गतेसम्म पाँच दिन पालिकास्तरका जनसरोकारको विषयमा रिर्पोटिङका लागि पालिकास्तरीय कमिटीहरूलाई समय तोकिएको पनि स्मरण गराउनुभयो । त्यसैगरी २५ देखि ३० गतेसम्म जिल्लाले आफ्नो सम्बन्धित विषयको रिर्पोट बनाउनुपर्ने उपमहासचिव रिमालको भनाइ थियो ।
उपमहासचिव रिमालले पार्टीका स्थानीय कमिटीहरूले किसानले भोगिरहेका समस्याबारे, त्यहाँको भौतिक पूर्वाधार क्षेत्रको विकासबारे पनि पार्टीको माथिल्लो कमिटीलाई रिर्पोटिङ गर्नुपर्ने योजना तय गरिएको बताउनुभयो । पार्टीले नागरिककाे पक्षमा काम गर्नका लागि पनि पार्टी कमिटीहरूले रिर्पोटिङको कामलाई अघि बढाउनुपर्ने उहाँको तर्क थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।