कांग्रेसलाई अब गल्ती गर्ने छुट छैन : नेता कोइराला

 चैत ७, २०७९ मंगलबार १७:१५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई अब गल्ती गर्ने छुट नरहेको बताउनुभएको छ । मङ्गलवार काठमाण्डाैमा आयोजित 'नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान' विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेता कोइरालाले नेपाली कांग्रेस अब केही दिनभित्र नै सरकारमा गइरहेको उल्लेख गर्दै कुनै किसिमको कमजोरी कांग्रेसबाट हुन नहुने बताउनुभयो । उहाँले अहिलेकाे परिस्थितिलाई कांग्रेसले गम्भीररूपमा नियालिरहेको उल्लेख गर्दै १० दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसकै काँधमा रहेको जिकिर गर्नुभयाे । 

उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस केही दिनभित्र नै सरकारमा जाँदैछ । अब हामीलाई गल्ती गर्ने छुट छैन । कुनै कमजोरी नेपाली कांग्रेसबाट अब हुन हुँदैन । यी सबै कुरालाई कांग्रेसले गम्भीररूपले लिएको छ । १० दलीय गठबन्धनलाई सम्हालेर अघि बढ्ने जिम्मा नेपाली कांग्रेसलाई छ । यो सरकारलाई राम्रोसँग चलाएर हामी अघि बढ्नुपर्छ ।’

नेता कोइरालाले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा नेपाली कांग्रेस नचुकेको बताउनुभयो । लोकतन्त्रविना समुन्नत नेपाल बन्न नसक्ने भन्दै मिडियाको जिम्मेवारीलाई गम्भीररूपमा लिएकाे उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया