साफ १७ वर्षमुनीको महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग खेल्दै

 चैत ८, २०७९ बुधबार ८:५७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

स्राेत : एन्फा

काठमाण्डौ – साफ १७ वर्षमुनीको महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग खेल्दैछ ।

पहिलो खेलमा भारतसँग ४–१ गोलले पराजित नेपालले आज दोस्रो खेल भुटानसँग खेल्न लागेको हो।

नेपाल र भुटानको खेल बंगलादेशको ढाकामा रहेको बीएसएसएस मोस्ताफा कमल मैदानमा बेलुका ७ बजे सुरु हुनेछ ।

भुटान पहिलो खेलमा आयोजक बंगलादेशसँग ८–१ गोलले पराजित भएको थियो । यो प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, भुटान र रुस सहभागी छन् । 

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

अन्तिम अपडेट: बैशाख ११, २०८०

तपाईको प्रतिक्रिया