नेपालले लाओसलाई २–० गाेलले हरायाे

 चैत ८, २०७९ बुधबार १९:५२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – प्रधानमन्त्री कप थ्री नेसन्स कपमा नेपालले लाओसलाई हराएकाे छ । आज बुधवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले लाओसलाई २–० गाेलले हराएकाे हाे । 

खेलकाे पहिलाे हाफमा १ गाेल गरेकाे नेपालले दाेस्राे हाफमा अर्काे गाेल थप्याे । नेपालका लागि अनन्त तामाङले खेलकाे ३० औँ र नवयुग श्रेष्ठले खेलकाे ५५ औँ मिनेटमा गाेल गरे । 

आजदेखि सुरु भएकाे प्रतियाेगितामा नेपालले अर्को खेल चैत १४ गते भुटानसँग खेल्नेछ । सिङ्गल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछन् ।

विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया