सुनको भाउ फेरी निरन्तर बढ्ने क्रममा : आज एकैदिन तोलामा १ हजा...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आर्सनल, रियल मड्रिड र जर्मनीका पूर्व मिडफिल्डर ओजिल पछिल्लो समय टर्किस क्लब बसाकसेहिरमा रहेका थिए ।
३४ वर्षीय ओजिलले सामाजिक सञ्जालमार्फत् सन्यास लिएको घोषणा गरेका हुन् । ओजिलले चार एफ ए कप र सन् २०१२ मा स्पेनिस ला लिगा उपाधिसहित नौ उपाधि जितेका छन् । जर्मनीका लागि ९२ क्याप जितेका उनी सन् २०१४ मा ब्राजिलमा भएको विश्व कपको उपाधि जित्दा टोलीका सदस्य थिए ।
ओजिल पाँच पटक जर्मनीको वर्ष खेलाडी घोषित भएका छन् । उनले सन् २०१८ मा नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।