माओवादीले गण्डकी सरकारलाई दिएकाे समर्थन फिर्ता लियाे

 चैत १०, २०७९ शुक्रबार १५:१५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनअनुसार मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिएको संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिनुभयो ।

एमालेका मुख्यमन्त्रीलाई माओवादीले दिएको समर्थन फिर्ता लिएसँगै अब गण्डकीमा कांग्रेसको नेतृत्वमा सरकार बन्नेछ । कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने सम्भावना छ । यद्यपि माओवादीले पनि आफ्नै नेतृत्वमा सरकार बनाउने तयारी भने जारी राखेको छ । ६० सदस्यीय प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादीको आठ र राप्रपाको दुई सिट रहेको छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया