बाग्मती सरकारबाट एमाले बाहिरियाे

 चैत १०, २०७९ शुक्रबार १५:२०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – बाग्मती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । आज शुक्रवारको प्रदेश सभा बैठकमै एमाले संसदीय दलका नेता तथा आर्थिक योजना मन्त्री जगन्नाथ थपलियाले राजीनामा बुझाउँदै मन्त्रीहरू बाहिरिएको जानकारी गराउनुभएको हो ।

सरकारमा एमालेका चार जना मन्त्री थिए । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक चलिरहेको अवस्थामा एमाले सरकारबाट बाहिरिएको हो । अब एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने जनाएको छ ।

यसअघि बुधवार विश्वासको मत लिने कार्यसूचीसहित प्रदेश सभा बैठक बोलाइए पनि नेपाली कांग्रेस अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो । अहिले कांग्रेसले जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ । 

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया