बाग्मतीका मुख्यमन्त्री जम्कट्टेलाई दाेस्राे पटक विश्वासकाे मत

 चैत १०, २०७९ शुक्रबार १५:५६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत पाउनुभएको छ ।

प्रदेश सभा भवन हेटौँडामा आज शुक्रवार भएको मत विभाजनमा जम्कट्टेलले एक सय १० जना सांसदमध्ये ६७ जनाको मत पाउनुभएको हो । विश्वासको मत प्राप्त गर्न जम्मा ५६ मत भए पर्याप्त हुन्थ्यो ।

जम्कट्टेललाई नेपाली कांग्रेसका ३७, नेकपा माओवादी केन्द्रका २१, नेकपा एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका दुई जना सांसदले मत दिएका छन् । एमाले, राप्रपा र मजदुर किसान पार्टीले भने मत दिएनन् ।

जम्कट्टेलले गएको पुस २५ गते मुख्यमन्त्री नियुक्त भएर माघ ३ गते विश्वासको मत लिनुभएको थियो । राप्रपाले समर्थन फिर्ता लिएपछि उहाँले आज दोस्रो पटक विश्वासको मत लिनुभएको हो ।

आजै बाग्मती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । आजको प्रदेश सभा बैठकमै एमाले संसदीय दलका नेता तथा आर्थिक योजना मन्त्री जगन्नाथ थपलियाले राजीनामा बुझाउँदै मन्त्रीहरू बाहिरिएको जानकारी गराउनुभएको हो । सरकारमा एमालेका चार जना मन्त्री थिए ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया