नेपाल प्रहरीको महानिरीक्षकमा वसन्त कुँवर नियुक्त

 चैत १०, २०७९ शुक्रबार १७:६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा वसन्तबहादुर कुँवरलाई नियुक्त गरेको छ ।

आज शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुँवरलाई बढुवा गरेर महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । सरकारले केही दिनअघि पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको थियो । बढुवा भएका मध्येबाट पहिलो वरीयतामा रहेका वसन्त कुँवर महानिरीक्षकमा नियुक्त हुनुभएको हो ।

यसअघि वरीयता मिचेर महानिरीक्षक नियुक्त हुने गरेको भन्दै सरकारको आलोचना हुँदै आएकोमा यस पटक सरकारले वरीयताको पहिलो नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा नियुक्त गरेको हो । बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

कुँवरले एक वर्षसम्म प्रहरीको नेतृत्व गर्नुहुनेछ, त्यसपछि उहाँको अवकाश उमेर हुनेछ । आजै प्रहरी महानिरीक्षक धीरजप्रतापसिंहले भने अवकाश प्राप्त गर्नुभएकाे छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया