वीपी राजमार्गको सुन्दरता कायम राख्न वृहत् सरसफाइ सुरु

 चैत १०, २०७९ शुक्रबार १९:६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुली – वीपी राजमार्गको सुन्दरता कायम राख्न वृहत् सरसफाइ सुरु गरिएको छ । वीपी राजमार्गअन्तर्गत सिन्धुलीकाे कमलामाई नगरपालिका वडा नम्बर ४ हिरापानीदेखि वडा नम्बर ६ शिवनगरचोकसम्म शुक्रवार सरसफाइ गरिएको हो । 

डिभिजन वन कार्यलय सिन्धुली, कमलामाई नगरपालिका र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको संयुक्त आयोजनामा पालिकाकाे सहभागितामा सरसफाइ गरिएको हो । अब हरेक शुक्रवार राजमार्ग सफा गरिने कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोख्रेलले जानकारी दिनुभयाे । सरोकारवाला निकायसँग समन्वय गरी वीपी राजमार्ग र मदन भण्डारी राजमार्गमा चल्ने गाडीहरूमा 'डस्टबिन' अनिवार्य गरिने उहाँले बताउनुभयाे । साथै राजमार्गमा सीसीटीभी जडान गरिने तथा जथाभाबी फाेहर फाल्नेलाई कारबाही गरिने उहाँले बताउनुभयो ।

वीपी राजमार्ग पर्यटकीय मार्ग पनि भएकाले यसलाई सफा र सुन्दर राख्न चेतना जगाउँदै जाने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राजकुमार सिलवालको भनाइ छ । यस्तै डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख कृष्णराज न्यौपानले दबाबमूलक जनसहभागिताले फोहर फाल्न हुँदैन भन्ने नागरिकमा चेतना ल्याउने महाअभियानका साथ सरसफाइ सुरु गरिएको बताउनुभयाे ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया