खप्तड गाेल्ड कप : क्यामरुनकाे एभिनरले खुमलटारलाई हरायाे

 चैत १०, २०७९ शुक्रबार १९:१८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – छैटाैँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा क्यामरुनको एभिनर फुटबल क्लबले खुमलटार एफसीलाई हराएको छ । शुक्रवार भएकाे खेलमा क्यामरुनको एभिनर फुटबल क्लबले 'ए' डिभिजन क्लब खुमलटारलाई ३–१ गोलले हराएकाे हाे । 

धनगढी रङ्गशालामा भएको खेलमा विदेशी टोली एभिनरका लागि माेसिसले २ र कोन्फोरले १ गाेल गरे । खुमलटारका लागि अनुज भण्डारीले गोल गरे । अब एभिनरले सेमिफाइनल प्रवेशका लागि बाग्मती युवा क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच हुने खेलको विजेतासँग खेल्ने छ ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबले आयोजना गरेको हो । आयोजकसहित 'ए' डिभिजनका ६, विदेशी टोली २ र मोफसलको १ गरी १० टोलीको सहभागिता रहेको छ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया