पशुपतिनाथ नियाल्दा  (फोटो फिचर)

 चैत ११, २०७९ शनिबार ११:८:५३ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डाै – पशुपतिनाथ मन्दिर दर्शनका लागि हरेक दिन स्वदेशी मात्र नभइ विदेशी भक्तजनको पनि त्यत्तिकै घुईंचो लाग्ने गर्छ । विश्व सम्पदा सूचिमा सूचिकृत पशुपतिनाथको मन्दिर ऐतिहासिक, धार्मिक एवं पर्यटकीय गन्तव्यस्थल पनि हो । पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवं पूजास्थल पनि छन् ।

पशुपतिनाथको मन्दिर एक जीवन्त सम्पदाको रूपमा छ । जहाँ जन्मदेखि मृत्युसम्मका संस्कार सम्पन्न गरिन्छ । साथै यो पावन स्थलमा वागमती नदीले महिमा अझै बढाएको छ । पशुपतिनाथमा पुगेर एक दिन नियाल्दा दुनियाँ रमाइलो छ जस्तो पनि लाग्छ, अनि दुनियाँ फिक्का छ जस्तो पनि लाग्छ । बिहानै पूजापाठ, मध्यान्ह पर्यटकहरुको चहलपहल, भक्तजनहरुको रमाइलो देख्दा सबै छ जस्तो लाग्छ तर पशुपति परिसरकै आर्यघाटलाई नियाल्दा अन्त्यमा त्यसरी नै जानुपर्छ भन्ने लाग्छ । न्यूज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका पशुपतिनाथमा एक दिनको फोटोकथा आजको फोटोफिचरमा ।

 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया