ललितपुर मेयर्स कप महिला क्रिकेट :  मधेश प्रदेश ६५ रनमा अलआउट

 चैत ११, २०७९ शनिबार ११:४५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेश ६५ रनमा अलआउट भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको मधेशले १९ ओभरमा ६५ रन मात्र बनाउँदै अलआउट भयाे । मधेशका लागि अलिसा यादव र सरस्वती कुमारीले समान १५/१५ रन बनाए पनि अरुले दोहोरो अंक जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि लक्ष्मी साउदले ३ तथा सम्झना खड्का र रितु कनौजियाले समान २/२ विकेट लिए । यस्तै, कविता जोशी र ईश्वरी विष्टले एक एक विकेट लिए । आज नै हुने दोस्रो खेलमा कोशी प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लब खेल्ने छन् । यो खेल दिउँसो सवा १ बजे त्रिवि मैदानमा नै हुनेछ ।

प्रतियोगितामा गएको माघमा ईटहरीमा भएको प्रधानमन्त्री कप महिला टी–ट्वान्टी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपिएफ क्लब र मधेश प्रदेश तथा आयोजक ललितपुर मेयर्स ११ को टोलीको सहभागिता छ । लिग चरणको पहिलो र दोस्रो स्थानको टोलीका बीचमा फाइनल हुनेछ ।  फाइनल खेल विहीबार हुनेछ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया