ललितपुर मेयर्स कप महिला क्रिकेट : सुदूरपश्चिम विजयी, मधेश प्रदेश ७ विकेटले पराजित

 चैत ११, २०७९ शनिबार १२:३५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी  क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश सात विकेटले विजयी भएको छ ।  

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा सुदूरपश्चिम प्रदेश सात विकेटले विजयी भएको हो । मधेशले दिएको ६६ रनको लक्ष्य सुदूरपश्चिम प्रदेशले १० ओभरमा ३ विकेट गुमाएर भेट्टायो । सुदूर पश्चिमका लागि लागि रितु कनौजियाले सर्वाधिक २१ रन बनाइन् । यस्तै, रुबी पोदारले १४ र विन्दु रावलले १० रन बनाए ।

मधेश प्रदेशका लागि सरस्वती कुमारी, सन्तोषी चौथरी र अनुराधा चौधरीले १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मधेश प्रदेश १९ ओभरमा  ६५ रन बनाएर अलआउट भएको थियो । मधेशका लागि अलिसा यादव र सरस्वती कुमारीले समान १५÷१५ रन बनाए पनि अरुले दोहोरो अंक जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि लक्ष्मी साउदले ३ तथा सम्झना खड्का र रितु कनौजियाले समान २/२ विकेट लिइन् । यस्तै, कविता जोशी र ईश्वरी विष्टले एक एक विकेट लिए । आज नै हुने दोस्रो खेलमा कोशी प्रदेश र विभागिय टोली नेपाल एपीएफ क्लब खेल्ने छन् । यो खेल दिउँसो सवा १ बजे त्रिवि मैदानमा नै हुनेछ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया