नेवार जातिको अध्ययन, अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने प्रधानमन्त्रीको घोषणा

 चैत ११, २०७९ शनिबार १७:४४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने घोषणा गर्नु भएको छ ।

विश्व नेवार दिवसको अवसरमा काठमाण्डाैको वसन्तपुरमा आयोजित कार्यक्रममा उहाँले नेवार समुदायका लागि खोलिने प्रतिष्ठान सिङ्गो नेपालकै लागि हुने बताउनु भयाे । 

नेपालको सभ्यता, संस्कृति, इतिहास, भाषा, कला र साहित्यका निम्ति नेवारहरुले गरेको अनवरत सङ्घर्षको उच्च सम्मान गर्दै आफूले नेवार जातिको अध्ययन/अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने तयारी गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले नेवार समुदाय विश्वमै नगर सभ्यता सुरु गर्ने अग्रज समुदायभित्र पर्ने उल्लेख गर्दै त्यो नेपाल र नेपालीका लागि गर्वको विषय भएको बताउनु भयो । वर्ल्ड नेवाः अर्गनाइजेशनको आह्वानमा हरेक मार्च महिनाको अन्तिम शनिवार विश्व नेवाः दिवस मनाउने निर्णय अनुसार आज विभिन्न देशमा रहेका नेवार सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरेर छैटाैँ विश्व नेवाः दिवस मनाउँदैछन् ।

नेवाः साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्त्वलाई अन्तर्राष्ट्रीयकरण गर्न दिवस मनाउन थालिएको हो । काठमाण्डाै उपत्यका मूल थलो भएका नेवार समुदाय एउटा मूलवासी भाषिक समुदाय हो । सांस्कृतिक रूपले निकै सम्पन्न यो समुदायको आफ्नै भाषा र लिपि रहेको छ ।

नेपालमा सबैभन्दा बढी खानाका प्रकार नेवाः समुदायमा छन् ।  
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया