पुलिस क्लब खप्तड गोल्डकपको क्वाटर फाइनलमा

 चैत ११, २०७९ शनिबार १९:४५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विदेशी टोली जर्जियनलाई हराउँदै नेपाल पुलिस क्लब छैटाैँ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ ।

धनगढी रङ्गशालामा आज भएको खेलमा पुलिसले दार्जिलिङको जर्जियन एफसीलाई पेनाल्टी सुटआउटमा ३–० गोल अन्तरले पराजित गरेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको हो ।

पुलिसले सेमिफाइनल प्रवेशका लागि चैत १४ गते आयोजक सुदूरपश्चिम–११ सँग प्रतिस्पर्धा गर्नेछ । भोलि क्वाटरफाइनल अन्तर्गतको खेलमा फ्रेन्ड्स क्लब र थ्री स्टारबीच प्रतिस्पर्धा हुनेछ । मोफसलको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्द्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम-११ स्पोर्टस क्लबले आयोजना गरेको हो । आयोजकसहित 'ए' डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ । अस्ति बिहीवारदेखि सुरु भएको प्रतियोगिता आउँदो १८ गतेसम्म चल्ने छ । 
 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया