बिहेको उमेर घटाउने काइदा : माननीय र प्रहरीलाई फाइदै फाइदा !
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले देशमा उत्पन्न आर्थिक सङ्कट समाधानका लागि फजुल खर्च कम गर्ने दिशातिर राजनीतिक सहमति कायम गरेर अघि बढ्न सरकार र राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ ।
आइतवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद काेइरालाले देशकाे अर्थतन्त्रलाई सबल बनाउन र नागरिककाे अपेक्षाअनुसार काम गर्न संसद्, सरकार र प्रतिपक्षसहितका सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुको विकल्प नरहेको बताउनुभयाे । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देशको अर्थतन्त्रमा देखिएका सङ्कट हटाउनका लागि सबै मन्त्रीहरूलाई नैतिकरूपमा तलमाथि गर्न नदिने प्रण गर्न पनि सुझाव दिनुभयो ।
कोइरालाले आफूले अर्थविद्, व्यापारी, उद्योगपतिहरूसँग देशको आर्थिक सङ्कटबारे गम्भीर छलफल गरेको उल्लेख गर्दै ती समस्या समाधानका लागि मिलेर अघि बढ्न राजनीतिक दलहरु प्रतिबद्ध हुनुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब हामी ढिलो नगरि जनअपेक्षाअनुसार संसद्, सरकार, प्रतिपक्ष सबै एक ठाउँमा उभिएर नागरिककाे चिन्तालाई सम्बोधन गर्न अगाडि बढ्नुको विकल्प छैन । हाम्रा आफ्नै विगतका कमी कमजोरीले सङ्घीयता र प्रदेश संरचनाप्रतिको वितृष्णा दिन प्रतिदिन चुलिँदो छ । यो हाम्रो राजनीतिक प्रणालीको असफलताको पहिलो खुड्किलो हो भन्ने मलाई लाग्छ । सम्मानित संसद्समक्ष म मेरो विचारहरू राखिरहँदा मेरो आँखा अगाडि गएकाे चुनावमा लामवद्ध भएर भोट हालिरहेका सधैँ मलको अभाव भाेगिरहेका पीडित किसानहरूको अनुहार अगाडि आउँछ । लाखौँ युवाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रोजगारीका लागि मलेसिया र खाडीका तातो भूमिहरूमा गएका दृश्यहरू नाच्दछ । यिनीहरूलाई केन्द्रमा राखेर हामीले अर्थ राजनीतिको नयाँ पैया कहिलेदेखि सुरु गर्ने हो ? आजको मूल प्रश्न यही हो भन्ने मलाई लाग्दछ । गएकाे केही महिनादेखि देशका अर्थविद्, उद्योगपति, व्यवसायी, व्यापारी, उत्पादनका क्षेत्रमा लागेका साना, ठूला अनेक समूहसँग अन्तरक्रिया गर्ने मौका पाए । छलफलका क्रममा उहाँहरूका समस्याका बारेमा भरमग्दुर बुझ्ने प्रयास गरेँ । सबै राजनीतिक दल र सरकार मेरो विनम्र अनुरोध छ– देशको सबल अर्थतन्त्रका लागि समय–समयमा फजुल खर्च घटाउन विभिन्न कार्यदलहरूले बुझाएका प्रतिवेदनलाई आधार मानेर अनुत्पादक फजुल खर्चहरू कम गर्ने दिशातिर राजनीतिक सहमति कायम गरेर अगाडि बढौँ ।’
सांसद कोइरालाले युरोप र अमेरिकामा देखिएको बैकिङ समस्याबाट पाठ सिकेर नेपालले अघि बढ्नुपर्ने भएकाले त्यहीअनुसार विज्ञहरूको परामर्श लिएर अघि बढ्न पनि सरकारलाई सचेत गराउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।