पाकिस्तानसँगको टी–२० शृङ्खलामा अफगानिस्तानको ऐतिहासिक जित

 चैत १३, २०७९ सोमबार ८:४२:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पाकिस्तानसँगको टी–२० शृङ्खलामा अफगानिस्तानले ऐतिहासिक जित निकालेको छ।

गएराति शारजाहमा भएको दोस्रो टी–२० मा पाकिस्तान ७ विकेटको पराजित भयो। पहिलो खेलमा अफगानिस्तान ६ विकेटले विजयी भएको थियो । पाकिस्तानसँगको तीन खेलको टी–२० शृङ्खला अफगानिस्तानले एक खेल अगावै जितेको छ।

अफगानिस्तानले पाकिस्तानसँग जितेको यो पहिलो शृङ्खला हो । पाकिस्तानले दिएको १ सय ३१ रनको लक्ष्य अफगानिस्तानले १९ ओभर ५ बलमा ३ विकेट गुमाउँदै भेट्टायो । अफगानिस्तानका रहमानउल्लाह गुरबाजले सर्वाधिक ४४ रन बनाए । त्यस्तै इब्राहिम जद्रान ३८ रनमा आउट भए ।

पाकिस्तानका जमान खान र इनसाहउल्लाहले समान एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । पाकिस्तानका इमाद वासिम ६४ रनमा अविजित रहे । कप्तान शादब खान ३२ रनमा आउट भए ।

पाकिस्तानका अब्दुल्लाह शफिक टी–२० खेलमा लगातार चार पटक डक आउट हुने विश्वकै पहिलो खेलाडी बनेका छन् । यसअघि न्युजिल्यान्डसँग भएको दुई खेल र अफगानिस्तानसँगको पहिलो र दोस्रो खेलमा उनी लगातार डक आउट भए ।

अफगानिस्तानका फैजलहक फारुकीले २ तथा नविन उल हक, राशिद खान र करिम जन्नतले समान एक/एक विकेट लिए । दुई देशबिचको तेस्रो तथा अन्तिम खेल आज राति हुँदैछ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया