मन्त्री बनेपछि सोह्र श्राद्धको बाहुनजस्तो भएँ : मन्त्री किराती

 चैत १३, २०७९ सोमबार १३:५१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मन्त्री बनेपछि आफू सोह्र श्राद्धको बाहुनजस्तो भएको टिप्पणी गर्नुभएकाे छ ।

आइतवार काठमाण्डाैमा आयोजित अमिन नेशनल म्युजिक अवार्डको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सांसद हुँदा मन्त्री बनेपछि ठूल्ठूला काममात्रै गर्नुपर्ने र फुर्सद मिल्ने अनुमान गरे पनि मन्त्री बनेपछि झनै कामको चाप बढी हुने अनुभव गरिरहेको बताउनुभयो । उहाँले मन्त्री बनिसकेपछि आफू सिधा उठाएर हिँड्ने सोह श्राद्धको बाहुनजस्तो भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘म यो देशमा १० वर्ष सांसद भएर बिताइसकेको छु । सांसद हुँदाखेरि म धेरै सानो–सानो काममा हिँड्थेँ । मान्छेहरूले बसको टिकट नभएकाे समस्यामा समेत पुग्थेँ । मलाई लाग्थ्याे मन्त्री भएँ भने फुर्सद हुन्छ, ठूलो काम थोरै हुन्छ जस्तो लाग्थ्यो । तर म मन्त्री भएको ६५ दिन हाराहारी हुँदैछ । लाग्छ म त सोह्र श्राद्धको बाहुनजस्तो भएँ । हतार–हतार सिधा उठाएर हिँडिहाल्नुपर्ने ।’

मन्त्री किरातीले राजनीतिज्ञ र क्रान्तिकारीहरू अरूको तुलनामा झनै बढी प्रेमिल हुने बताउनुभयो । उहाँले प्रेम गर्न नजान्नेले देश चलाउन पनि नजान्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया