मिटरब्याजी पीडितसँग छलफल गर्न सरकारले बनायो वार्ता टोली

 चैत १४, २०७९ मंगलबार ११:५९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले मिटरब्याजी पीडितहरूसँग छलफल गरी समस्या समाधान गर्न वार्ता टोली गठन गरेको छ । गृहमन्त्रालयअन्तर्गत नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुखसमेत रहेकी सहसचिव रुद्रादेवि शर्माको संयोजकत्वमा वार्ता टोली गठन भएको छ ।

टोलीमा गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका जंगबहादुर डाँगी सदस्य हुनुहुन्छ । टोलीले तत्काल छलफल अगाडि बढाउने गृह मन्त्रालयका उपसचिव एवम् वार्ता टोलीका सदस्य तामाङले जानकारी दिनुभयो ।

मिटरब्याजी पीडितहरुले आज बिहानैदेखि प्रदर्शन सुरु गरेका छन् । उनीहरुले काठमाण्डौको टङ्गालमा प्रदर्शन गरेका छन् । खुलामञ्चबाट उनीहरु हिँड्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जाने क्रममा टङ्गालमा प्रदर्शन गरेका हुन् । धर्नास्थल टङ्गालमा पुगेका गृह सचिव विनोदप्रकाश सिंहले आन्दोलन र धर्नाको कार्यक्रम तत्काल स्थगन गर्न आग्रह गर्नुभएको छ। 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया