धनकुटाको सान्नेटारमा वनमा लागेकाे डढेलाे बस्तीमा पस्दा चार घर जलेर नष्ट

 चैत १४, २०७९ मंगलबार १३:५१:१७ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा - धनकुटाको महालक्ष्मी नगरपालिका–२ सान्नेटारमा रहेकाे धर्मदेवि सालबोटे सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा चार वटा घर जलेर नष्ट भएकाे छ ।

आगलागीबाट सान्नेटारका राजकुमार कट्टेल, चेतबहादुर राय, कमल बस्नेत र सुमन बस्नेतको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

कट्टेलको ३ तले घरसहित घरभित्र रहेको लत्ताकपडा, भाँडाकुँडा अन्नपात जलेकाे छ । आगलागीबाट करिब १६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीकाे अनुमान छ ।

त्यस्तै, रायको दुई तले घर आगोले जलेर नष्ट भएको छ । उनको घरसहित सबै सामानहरु जलेर नष्ट हुदाँ करिब ८ लाख रुपैयाँ बराबरको क्षति भएको छ भने कमल बस्नेतको दुई तले घरसहित गोठ र सुमन बस्नेतको दुई तले घर जलेको छ । आगलागी कारण खुल्न नसकेको प्रहरीले बताएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया