ललितपुर मेयर कप क्रिकेट : मधेसलाई हराउँदै काेशी फाइनलमा, उपाधिका लागि एपीएफसँग खेल्ने

 चैत १४, २०७९ मंगलबार १६:३१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काेशी प्रदेश ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियाेगिताकाे फाइनलमा पुगेकाे छ । आज मङ्गलवार भएकाे खेलमा मधेस प्रदेशलाई ६२ रनले हराउँदै काेशी उपाधि नजिकै पुगेकाे हाे ।

काेशीले दिएकाे १ सय ६ रनकाे लक्ष्य पछ्याएकाे मधेसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ४३ रनमात्र बनाउन सक्याे । मधेसका लागि सरस्वती कुमारीले सर्वाधिक १० रन बनाइन् । बलिङतर्फ काेशीकी रुबिना क्षेत्री, एलिशा खडिया र निशा शाहले २/२ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे काेशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५ रन बनायाे । काेशीका लागि रुबिना क्षेत्रीले ३९ र काजल श्रेष्ठले २२ रन बनाइन् । बलिङतर्फ मधेसकी सन्ताेषी चाैधरी, अमिरन निशा र अमिशा पटेलले २/२ विकेट लिए । 

अब काेशीले तेस्राे संस्करणकाे प्रतियाेगिताकाे उपाधिका लागि बिहीवार सशस्त्र प्रहरीकाे एपीएफ क्लबसँग खेल्नेछ । एपीएफ अपराजित रहँदै फाइनलमा पुगेकाे हाे । एपीएफ ४ खेलमा ८ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा रह्याे । काेशी ४ खेलमा ६ अङ्कसहित दाेस्राे स्थानमा रहेर फाइनल पुगेकाे हाे । 

प्रतियाेगितामा आयाेजक ललितपुर मेयर्स–११ सहित सुदूरपश्चिम, एपीएफ, मधेस, कोशी गरी पाँच वटा टिम सहभागी थिए ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया