पुछारकाे खुमलटारले हिमालयन शेर्पालाई हरायाे, पुलिस चाैथाे ...
जेठ १५, २०८० सोमबार
काठमाण्डाै – १७ वर्षमुनिकाे साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले बङ्गलादेशसँग बराबरी खेलेको छ ।
ढाकाको बीएसएसएस मोस्ताफा कमल मैदानमा भएको खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेलेको हो । खेलको आठौँ मिनेटमा सेनु परियारले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाए पनि ७५ औँ मिनेटमा बङ्गलादेशले गोल गरेर खेल बराबरीमा ल्याएको हो ।
नेपाल पहिलो खेलमा भारत र तेस्रो खेलमा रुससँग पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई हराएको थियो । नेपाल प्रतियोगिता बाहिरिसकेको छ ।