गठबन्धन बैठकमा मन्त्रालय बाँडफाँटको विषय प्रवेश भएन

 चैत १४, २०७९ मंगलबार १९:२५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारूढ १० दलीय गठबन्धनको बैठक निर्णयविहीन भएको छ । मङ्गलवार बेलुकी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठक निष्कर्षविना नै सकिएको हो ।

मन्त्रिपरिषद् विस्तारको निर्णय गर्न बसेको बैठक दलहरूले आ–आफ्नो दाबी नछोड्दा विना निष्कर्ष सकियो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक रहेको र बुधवार फेरि बसेर निष्कर्ष निकाल्ने बताउनुभयो । उहाँले आजको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सरकार पक्षीय राजनीतिक दलका नेताहरूको बेठक बस्यो, बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भयो । आज भागबन्डाकाे बारेमा छलफल भएन । चाँडो भन्दा चाँडो सरकार विस्तार गर्ने कुरा भयो ।’

प्रमुख सचेतक लेखकले मन्त्रालयको बारेमा केही समस्या नरहेको पनि बताउनुभयो ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया