एसीसी प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा

 चैत १५, २०७९ बुधबार १०:२१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – एसीसी प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज प्रिमियर कपका लागि २१ सदस्सीय प्रारम्भिक टोली घोषणा गरेको हो ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा प्रतियोगिता वैशाख ५ गतेदेखि १८ गतेसम्म हुनेछ । प्रतियोगिताका खेलहरु कीर्तिपुर मैदान र मुलपानीमा हुनेछन् । नेपालले तीन खेल कीर्तिपुरमा खेल्दा एक खेल मुलपानीमा खेल्नेछ । नेपालले मुलपानीमा साउदी अरेबियासँग वैशाख ११ गते खेल्नेछ । त्यसअघि नेपालले पहिलो खेल वैशाख ५ मा मलेसियासँग कीर्तिपुर मैदानमा खेल्दै सुरुवात गर्नेछ ।

नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग र वैशाख १४ गते कतारसँग कीर्तिपुरमा खेल्नेछ । प्रतियोगितामा १० देश सहभागी हुँदैछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा घरेलु टोली नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान तथा समूह ‘बी’ मा बहराइन, कुवेत ,सिंगापुर, हङकङ र युएई रहेका छन् । यो प्रतियोगिताको शीर्ष टोली पाकिस्तानमा हुने एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आउँदो सेप्टेम्बरमा हुनेछ । 

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया