ललितपुर मेयर्स कपमा एपीएफ लगातार तेस्राे पटक 'च्याम्पियन'

 चैत १६, २०७९ बिहिबार १३:२४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सशस्त्र प्रहरीकाे एपीएफ क्लबले लगातार तेस्राे पटक ललितपुर मेयर्स कप टी–२० क्रिकेट च्याम्पियनशिपको उपाधि जितेकाे छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कोशी प्रदेशलाई ५४ रनले हराउँदै एपीएफ 'च्याम्पियन' बनेको हो । एपीएफले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको कोशीले २० ओभरमा ६ विकेट गुमाएर १ सय रनमात्रै बनायो । काेशीका लागि रुबिना क्षेत्रीले सर्वाधिक ३५ रन बनाइन् । बलिङतर्फ एपीएफकी विनु बुढाले दुई तथा रेखा रावल, सोनु खड्का र नेरी थापाले १/१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा १ विकेट गुमाएर १ सय ५४ रन बनायो । एपीएफका लागि कप्तान सीता राना मगरले ७९ र इन्दु बर्माले ५१ रन बनाइन् ।

प्रतियोगितामा इटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली तथा आयोजक ललितपुर मेयर्स–११ को सहभागिता रहेको थियो । प्रधानमन्त्री कपको सेमिफाइनलमा सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपीएफ क्लब र मधेस प्रदेश रहेका थिए । 

एपीएफले यसअघिका दुवै संस्करणकाे उपाधि जितेकाे थियाे । यसअघिका दुवै संस्करणमा एपीएफले फाइनलमा सुदूरपश्चिम प्रदेशलाई हराएकाे थियाे ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया