पुछारकाे खुमलटारले हिमालयन शेर्पालाई हरायाे, पुलिस चाैथाे ...
जेठ १५, २०८० सोमबार
काठमाण्डाै – थ्री स्टार क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
धनगढी रङ्गशालामा आज बिहीवार भएकाे दाेस्राे सेमिफाइनल खेलमा सुदूरपश्चिम ११ लाई पेनाल्टी शुटआउटमा ४–२ गाेलले हराउँदै फाइनलमा पुगेकाे हाे । निर्धारित ९० मिनेटकाे खेल १–१ गाेलकाे बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे ।
अब थ्री स्टारले उपाधिका लागि आउँदाे शनिवार मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ । मनाङ हिजाे बुधवार भएकाे पहिलाे सेमिफाइनलमा क्यामरुनकाे क्लब एभिनरलाई ६–० गाेलले हराउँदै फाइनल पुगेकाे थियाे ।
मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।