विराट गोल्डकपको उपाधि घरेलु टोली विराटनगरलाई

 चैत १७, २०७९ शुक्रबार ६:२८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सातौँ संस्करणको विराट गोल्डकपको उपाधि घरेलु टोली विराटनगर सिटी (बीसीएफ) ले जितेको छ ।

विराटनगरको शहीद रङ्गशालामा हिजो भएको फाइनलमा भारत केरलाको लुका सकर क्लबलाई ४–० गोलले हराउँदै विराटनगर च्याम्पियन बनेको हो ।

विराटनगरको जितमा ओलावाले आफिज, विमल घर्तीमगर, मेसुके ओलुमोउ र अविशेक गुरुङले एक/एक गोल गरे ।   

विराटनगरका लागि खेलको सातौँ मिनेटमा ओलावालेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै, ७९औँ मिनेटमा विमलले, ९०औँ मेसुकेले र खेलकाे इञ्जुरी समयमा अविषेकले गोल गर्दै विराटनगरलाई ४-० को जित दिलाएका हुन् । 

च्याम्पियन विराटनगरले २० लाख १५ हजार रुपैयाँ नगद प्राप्त गरेको छ । उपविजेता लुका सकर क्लबले  १० लाख १५ हजार रुपैयाँ प्राप्त गरेको छ । 

तस्बिर : विराट गाेल्ड क्लबकाे फेसबुक

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया