नेपाललाई 'थ्री नेसन्स' कपकाे उपाधि, लाओस २–१ ले पराजित

 चैत १७, २०७९ शुक्रबार १९:२८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लाओसलाई हराउँदै नेपालले प्रधानमन्त्री 'थ्री नेसन्स' कपकाे उपाधि जितेकाे छ । फाइनलमा लाओसलाई २–१ गाेलले हराउँदै आयाेजक नेपालले उपाधि जितेकाे हाे ।

त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा १ गाेलले पछाडि परेकाे अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गरेकाे हाे । खेलकाे १७ औँ मिनेटमा लाओसका फोन्साक सिसाभाथले गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलकाे २४ अ‍ौँ मिनेटमा आयुष घलानले गाेल गर्दै नेपाललाई १–१ गाेलकाे बराबरीमा ल्याउँदा पहिलाे हाफ बराबरीमा सकिएकाे थियाे ।

निकै प्रतिस्पर्धात्मक खेलकाे ८७ औँ मिनेटमा मनिष डाँगीले गाेल गर्दै नेपाललाई २–१ ले जिताए । नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर र उपविजेता लाओसले ३ हजार डलर पुरस्कार पाएकाे छ । फाइनलमा खेलमा मनिष डाँगी म्यान अफ दि म्याच चुनिँदै २ सय ५० डलर प्राप्त गरे । यस्तै प्रतियोगितामा आयुष घलान सर्वोत्कृष्ट खेलाडी हुँदै ५ सय डलर प्राप्त पारे ।

प्रतियाेगितामा नेपाल, लाओस र भुटानकाे सहभागिता थियाे । भुटान समूह चरणबाटै बाहिरिँदा नेपाल र लाओसले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया