प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लिभरपुललाई हरायो

 चैत १८, २०७९ शनिबार १९:३४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लिभरपुललाई हराएको छ । सिटीले लिभरपुललाई ४–१ गोलले हराएको हो ।

१७औँ मिनेटमा मोहम्मद सलाहले गोल गरेर लिभरपुललाई अग्रता दिलाए पनि त्यसपछि ४ गोल खाँदै टिम पराजित भयो ।

सिटीका लागि अल्भारेज, केभिन डी ब्रुएइन, गुन्डोगान र ग्रिएलिसले गोल गरे । जितसँगै सिटीको ६४ अङ्क रहेको छ । लिभरपुलकाे ४२ अङ्क रहेकाे छ । 


 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया