पाेखराकाे रत्नमन्दिर दरबार सर्वसाधारणका लागि खुला
जेठ १५, २०८० सोमबार
पाँचथर - पाँचथरको मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक र कर्मचारीले अब आफ्ना छोराछोरीलाई ८ कक्षासम्म सामुदायिक विद्यालयमा नै पढाउनु पर्ने भएको छ ।
गाउँपालिकाले सूचना निकालेर जनप्रतिनिधि, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी तथा सरकारी कार्यालयमा कार्यरत कर्मचारीका छोराछोरीलाई कक्षा ८ सम्म सामुदायिक विद्यालयमा पढाउन अनिवार्य गरेको जनाएको छ ।
आउँदो शैक्षिक सत्र २०८० देखि सामुदायिक विद्यालयमा आफ्ना छोराछोरीलाई भर्ना गर्न सूचनामा भनिएको छ । मिक्लाजुङ गाउँपालिकाको शिक्षा ऐन २०७९ को दफा २२ मा विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीका छोराछोरीलाई अनिवार्य रुपमा आधारभूत तह (कक्षा ८) सम्म सामुदायिक विद्यालयमा पठनपाठन गराउनु पर्ने व्यवस्था रहेकाले २०८० सालको शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गराउन पालिकाले सूचना निकालेको हो ।